कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

सिटिजनन्स बैंक इन्टरनेसनलले गाउँ–गाउँ पुगेर बैंक खाता र डिम्याट खाता खोल्न थालेको छ । बैंकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर प्रयोजनका लागि भन्दै दोलखाका गाउँ–गाउँमा पुगेर बैंक खाता खोल्न थालेको हो ।

1078
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

फागुन ११ गतेदेखि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरू, संस्थापक सेयरधनी संस्थाका (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाको तत्कालीन जिल्ला विकास समिति तथा गाउँ विकास समितिहरूका कर्मचारीहरू), तथा ऋणदाता (सञ्चयकोष) संस्थाका कर्मचारीहरूका लागि सान्जेन जलविद्युत् कम्पनी तथा रसुवागढी हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको प्राथमिक सेयर सी–आस्बामार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा उक्त साधारण सेयर आवेदन दिन योग्य आवेदकहरूले कुमारी बैंकद्वारा प्रदान गरिएको निःशुल्क हितग्राही खाता कुमारी बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालयहरूबाट सहज रूपमा खोली यथाशीघ्र लाभ उठाउन आग्रह गरेका छन्

1270
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

फेदाप र मेन्छ्यायेम गाउँपालिकामा बैंक नहुँदा बैंकिङ कामकाज गर्न सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकाको केन्द्रबाटै सरकारी कामकाज हुँदै आए पनि आर्थिक कारोकारका लागि भने बैंक नहुँदा स्थानीय सेवाग्राहीहरूलाई सास्ती भएको हो । गाउँपालिका स्तरमा सञ्चालन हुने साना तथा ठूला योजनाका बैंक खाता सञ्चालन गर्न, योजनाको भुक्तनी गर्न, शिक्षक तथा अन्य कर्मचारीको तलब भत्तालगायतका सुविधाका लागि समस्या भोग्नु परेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङबाङले बताए ।

1027
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

बाग्लुङमा सञ्चालित सहकारी संस्थामध्ये आधाभन्दा बढी करको दायरा बाहिर रहेको पाइएको छ । सरकारले सहकारी संस्था अनिवार्य रूपमा प्यानमा दर्ता हुनुपर्ने व्यवस्था गरे पनि बाग्लुङका २ सय ५१ वटा सहाकारी करको दायर बाहिर रहको पाइएको हो । डिभिजन सहकारी कार्यालय बाग्लुङका अनुसार कार्यालयमा ४ सय ६९ सहकारी संस्था दर्ता छन् । दर्ता भएका सहकारी संस्थामध्ये हालसम्म करदाता सेवा केन्द्रबाट २ सय १८ सहकारीले मात्र प्यान नम्बर लिएका छन् ।

1195
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

अर्घाखाँची जिल्लाको सदरमुकाममा दजनौ बैंकहरू स्थापना भई कारोबार गरिरहेका छन् । सन्धिखर्कपछिको जिल्लाको दोस्रो बजार क्षेत्र भएको शितगंगा नगरपालिकाको ठाडामा स्थानीय तहको संरचना हुनुभन्दा पहिले नै बैंकहरूको स्थापना भएको थियो ।

1009
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकलाई शाखा स्थापना गर्न निर्देशन दिए पनि काभ्रेका विभिन्न स्थानीय तहमा भने अझै पनि बैंक पुगेका छैनन् । ७ गाउँपालिका र ६ नगरपालिका रहेको जिल्लामा भूम्लु गाउँपालिकाबाहेकका अन्य ६ वटा गाउँपालिकामा बैंक स्थापना भएका छैनन् ।

1634
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बैंकिङ क्षेत्रमा तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले सम्झौताबमोजिम ऋणको पैसा नदिएपछि अधिकांश जलविद्युत् आयोजनामा संकट देखिन थालेको छ । वित्तीय क्षेत्रको निक्षेप–कर्जा अनुपात (सीसीडी रेसियो)मा असर पर्ने कारण देखाउँदै निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरूसँग भएको सम्झौता बमोजिमको ऋण रकम नदिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

1486
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

कुमारी बैंकले ग्राहकको सुबिधालाई ध्यानमा राखी धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रूपमा सी—आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी, ग्राहक महानुभावहरूलाई समयमै सी—आस्बा रजिष्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको भन्दै बैंकका ग्राहक महानुभावहरूले बैंकको सम्पूर्ण शाखाहरूबाट सहज रूपमा सी–आस्बा रजिष्ट्रेसन नम्बर लिई सी–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्ने पनि बताएको छ ।

1060
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

आईएमई जनरल इन्स्योरेन्सले दाङको घोराहीमा बिहीबारदेखि थप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, केन्द्रीय सदस्यहरू भरतराज आचार्य तथा धु्रवराज श्रेष्ठ भारीले गरे ।

989
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

अहिलेको हिउँदमा माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको संख्यामा पनि उत्तिकै वृद्धि हुन थालेको छ । माघको अन्तिम तथा फागुनको सुरुमा भारी हिमपात भएपछि रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले रारामा हिउँसँग खेल्न पाउनु निकै खुसीको कुरा भएको बताएका छन् ।

2892
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

ग्लोबल आईएमई बैंकले बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाको बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।

970
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

नेपाल राष्ट्र बैंकले चुक्तापुँजी वृद्धिको नीति अख्तियार गरेपछि बैंक तथा वित्तीय संस्थाले पुँजी ८५ प्रतिशतले बढाएका छन् । बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी ०७२ सालको असार मसान्तमा १ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ रहेकामा गत पुस मसान्तमा २ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष ०७२-७३ को मौद्रिक नीतिमार्फत न्यूनतम चुक्तापुँजी वृद्धिको नीति अवलम्बन गरेको थियो । राष्ट्र बैंकको नीतिपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले चुक्तापुँजी १ खर्ब २१ अर्ब ५ करोड रुपैयाँ बढाएका हुन् ।

1379
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलाउँदो ‘मिटर ब्याज’को अबैध धन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घर छाडेर सम्र्पकविहीन भएका छन् । कतिपयले एक करोडदेखि ४ करोड रुपैयाँसम्म डुबाएर भागेको पीडितहरुले बताएका छन् ।

3910
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

सहकारीमार्फत प्राप्त उपलब्धिको समीक्षा गर्दै आगामी ५ वर्षका लागि दिशानिर्देश गर्ने उद्देश्यसहित चैत तेस्रो साता दोस्रो सहकारी महासम्मेलन हुने भएको छ ।

2480
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० अर्ब २० करोड रुपैयाँ ऋण दिने भएको छ । एडीबीले ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० अर्ब २० करोड ऋण दिने भएको हो । ऋण सहयोग सम्बन्धमा सोमबार काठमाडौंमा सम्झौता भएको छ । अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थ सचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे ।

1974