कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो सामाजिक संस्थापक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश नं. ६ मा रहेका बिभिन्न जिल्लाका शिक्षा, स्वास्थ्यबाट बञ्चित ४० जना अनाथ, असहाय तथा अपांग बालबालिकाको जिम्मेवारी लिई सगरमाथा प्रतिष्ठान नेपालद्वारा चोभार ६, कीर्तिपुरमा सञ्चालित हेल्पलेस चिल्डे«न होमलाई त्यहाँ रहेका ४० जना बालबालिकाको १ वर्षका लागि आवश्यक पर्ने विद्यालय शुल्क तथा औषधोपचार खर्चको निमित्त एकमुष्ट ३ लाख रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

949
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

नेपाल बंगलादेश बैंक र भिवान्त डेन्टल अस्पताल, काठमाडौंबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

728
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

मेगा बैंक नेपाल लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक केशवराज केसीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

566
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

नेपालीहरूको पावन महिना साउनकोे अवसर पारेर कुमारी बैंकले आफ्ना महिला ग्राहकवर्गहरूलाई लक्षित गर्दै आफ्ना विभिन्न शाखाहरूमा मेहन्दी उत्सवको आयोजना गरेको छ ।

627
प्रकाश पाक्साँवा
आइतवार, श्रावण २०, २०७५

स्थानीय तहको निर्वाचन सकिएको १ वर्ष २ महिना बितिसक्दा पनि जिल्लाका दूरदराजसम्म बैंकिङ सेवा विस्तार हुन सकेको छैन । स्थानीय तहको निर्वाचन पछि सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउने लक्ष्य राखिए पनि तेह्रथुमका सबै स्थानीय तहमा अहिलेसम्म बैंकिङ सेवा पुग्न सकेको छैन ।

590
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

मुक्तिनाथ विकास बैंकले आव ०७४÷०७५ सम्ममा ३० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन र २५ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरी सञ्चालन मुनाफा १ अर्ब २ करोड रुपैयाँ गरेको जनाएको छ ।

471
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

कालिकोटको तिलागुफा नगरपालिकाका किशोरी जीविकोपार्जनका लागि सहकारी अभियानमा जुटेका छन् । सामूहिक प्रयासमा गाउँमै रोजगार सिर्जना गर्ने उद्देश्यले किशोरीहरूले सहकारी गठन गरेका हुन् ।

783
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

बेस्ट फाइनान्स कम्पनीले सिनर्जी फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्न नेपाल राष्ट्र बैंकबाट असार १८ गते स्वीकृत प्राप्त भई कम्पनी रजिष्टारको कार्यालयबाट समेत सिनर्जी फाइनान्स प्राप्ति हुने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति र दायित्वहरू प्राप्ति गर्ने संस्था बेस्ट फाइनान्सले बेहोर्ने गरी प्राप्तिका लागि स्वीकृत प्राप्त भएकोले दुवै संस्थाबाट हुँदै आइरहेको सम्पूर्ण कारोबार प्राप्त गर्ने संस्था बेस्ट फाइनान्सको नामबाट बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गरे ।

1070
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

मेगा बैंक नेपाल लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

1311
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

एनआईसी एसिया बैंकले सिटिजन लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

959
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

एनआईसी एसिया बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, चाबहिलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरूलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

1129
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

नेपाल बंगलादेश बैंक र ब्लूक्रस अस्पताल त्रिपुरेश्वर, काठमाडौंबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ब्लूक्रस अस्पतालले नेपाल बंगलादेश बैंकद्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु र बैंकका खाता बालाहरुलाई विभिन्न मेडिकल स्क्रीनिङमा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

945
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

जनता बैंक नेपालले मोरङ र रोल्पा गरी दुई नयाँ शाखाबाट कारोबार शुभारम्भ गरेको छ । विराटनगर महानगरपालिका–२, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका– ५, दुइखुलीमा दुइखुली शाखा गरि दुई नयाँ शाखा खोलिएको बैंकले जनाएको छ ।

1003
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ पहुँचबाट टाढा रहेका सेवाग्राहीहरूलाई सरल र सहज रूपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा १ र मंगला गाउँपालिकामा १ गरी बुधबारदेखि २ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।

837
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

आगामी ६ महिनामा पोखराको सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । व्यावसायिक प्रयोजन, कार्यालय सञ्चालन र बहुउद्देश्यीय प्रयोजनका कार्य हुने गरी करिब एक करोडको लागतमा सहकारीले माघ मसान्तभित्र उक्त भवन निर्माण गर्ने भएको संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

1164