कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हँुदै गएपछि सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरूलाई कम्बल वितरण गरेको छ ।

150
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

विश्व बैंकले ८६ हजार थप घर पुनर्निर्माण गर्न ऋण सहयोग दिने भएको छ । विश्व बैंकले नेपालका लागी करिब २२ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृत भएको जनाउँदै भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरेको जनाएको छ ।

146
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

युरोपेली लगानी बैंकले विद्युत् पहुँच सुधारका लागि १ सय मिलियन युरो अर्थात १२ अर्ब ७६ करोड बराबरको ऋण सहायता प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली लगानी बैंकको ऋणलाई स्वीकार गर्ने निर्णय गरेको हो ।

343
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

मुलुकका सबै वाणिज्य बैंकहरूमा गो–एएमएल प्रणाली लागू भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई माघ १ गतेदेखि अनिवार्य रुपमा गो–एएमएल प्रणालीमा रही कारोबार गर्न निर्देशन दिएको थियो ।

398
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

प्रदेश–१ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५÷०७६ मा १२ करोडभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

284
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

समता लघुवित्त वित्तीय संस्था सिमराको छैटौं साधारणसभा मंगलबार बाराको सिमरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डम्मरमणि लिम्बुको अयक्षतामा सम्पन्न उक्त सभाको उद्घाटन जितपुर सिमरा उपमहानगरका प्रमुख कृष्ण पौडेलले गरेका थिए । तीन प्रदेशको १० जिल्लामा २४ शाखामार्फत काम गर्दै आएको उक्त संस्थाले सेयर धनलाई ५ प्रतिशत बोनस सेयर ५.५३ प्रतिशत करसहित नगद लाभांश दिने निर्णय गरेको छ ।

518
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

ज्योति विकास बैंकको १२ औँ वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभामा आव २०७५÷७६ को वार्षिक प्रतिवेदन, आव २०७६-७७ का लागि लेखापरीक्षक नियुक्ति लगायतका नियमित प्रस्तावहरू बाहेक सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसम्बन्धी कार्यक्रम थियो । रूलाई उचित लाभांश दिँदै सम्पूर्ण नागरिकहरूको हितमा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको जानकारी दिए ।

310
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । बुधबारदेखि ३ महिनासम्म सञ्चालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका डेबिट-क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरूले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २ सय ५० रुपैयाँ क्यास ब्याक र ई–कर्मसमा कारोबारमा २ सय ५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

212
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माणका लागि भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेस्टमेन्ट बैंकले ५० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बुधबार एक समारोहबीच पुनर्निर्माण सरोकार समितिका अध्यक्ष तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

151
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संंस्था लिमिटेडले दक्षिण ललितपुर र गोदावरीका केही महिलालाई उद्यमी बनाउने भएको छ । सो संस्थाले ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घसँगको साझेदारीमा यहाँका ६४ महिलालाई नमूना महिला उद्यमीका रूपमा अघि बढाउने योजना बनाएको हो ।

180
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गर्दै २५ करोड रुपैयाँभन्दा धेरैको पुनर्कर्जा बैंक तथा व्त्तिीय संस्थाको सञ्चालक समितिलिे निर्णय गर्नु पर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले पहिलो पटक पुनर्कर्जा कार्यविधि जारी गर्दै पुनर्कर्जा समय समयमा सरकार र राष्ट्र बैंकले तोके बमोजिम विभिन्न शीर्षकमा वर्गीकरण हुने छ र ब्याजदर राष्ट्र बैंकले नै तोक्ने व्यवस्था थरेको हो ।

130
भगवान खनाल
बिहिवार, माघ २, २०७६

नेपाल संविधान, कानुन र संघीय सरकारका विभिन्न नीति, नियम र कार्यविधिहरूमा स्थानीय तहको बजेटको एक स्रोतको रूपमा आन्तरिक स्रोतको राजस्व रहने उल्लेख भएपनि १ सय ५३ स्थानीय तहको आर्थिक वर्ष २०७६÷०७७को राजस्व र व्ययको अुनमान(बजेट)मा आन्तरिक स्रोतको रकम समावेश गरिएको देखिँदैन ।

303
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।

151
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

राष्ट्रिय वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय बौद्ध, गौशाला र मैतीदेवीले संयुक्त रूपमा आयोजना गरेको काठमाडौं, गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरूका लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरूको सोमबार एक कार्याक्रमबीच वितरण गरिएको छ ।

164
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी, कर्जा तथा निक्षेप (सिसिडी) अनुपात गणना विधिमा पुनर्कर्जा र सहुलियपूर्ण कर्जामा गरेको लगानी गणना नहुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक मंगलबार निर्देशन जारी गर्दै बैंक वित्तीय संस्थाले पुर्नकर्जा उपयोग गरेको भएमा सो रकम कर्जा सापटबाट घटाउन सकिने व्यवस्था गरेको हो । त्यसैगरी केन्द्रीय बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यकाविधि २०७५ बमोजिक प्रवाहित कर्जालाई सो प्रयोजनको लागि कर्जा तथा सापटबाट घटाउन सकिने जनाएको छ ।

250