कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५
1003

 डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा प्रशिक्षार्थी सहायकहरुको (कनिष्ठ कार्यक्रम सहायक) लागि बाँके जिल्लाको कोहलपुरस्थित होटल कृष्णामा असार २९ देखि १० गतेसम्म २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थामा नया नियुक्त ३६ जना प्रशिक्षार्थीको सहभागिता थियो । सो कार्यक्रममा संस्थाका योजना, अनुसन्धान तथा बजार व्यवस्थापन विभागका विभागिय प्रमुख बुद्धिराज घिमिरे तथा अनुगमन अधिकृतद्वय राजेश थापा र सुभाष दाहालले लघुवित्तको महत्व, संस्थाले अवलम्बन गरेका विभिन्न पद्धति तथा प्रदान गर्दै आएका विभिन्न सेवाहरु, लघुवित्तका वर्तमान समस्या तथा चुनौतीहरु र त्यसका समाधानका लागि कर्मचारीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण दिए ।