कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५
627

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरूमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बूढानीलकण्ठका–८ हात्तीगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तीगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बूढानीलकण्ठको मेयर उद्धवप्रसाद खरेलले शुक्रबार गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य वरिष्ठ पद्धाधिकारीको पनि उपस्थिति थियो भन्दै बैंकले शाखा उद्घाटनपश्चात बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय १३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।