कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५
955

सिद्धार्थ इन्स्योरेन्सको सबै प्रदेशमा निर्जीवन बिमा सेवा विस्तार गर्ने लक्ष्यअनुरूप मंगलबार एकै साथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, बाराको निजगढ, मोरङको विराट चोकमा शाखा सञ्चालन गरेको छ । यसै क्रममा इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दीपक धुत र निजगढ शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल र कम्पनीका वरिष्ठ प्रबन्धक बद्रीबहादुर अधिकारीले संयुक्त रूपमा गरेका थिए । यो शाखा विस्तारसँगै मुलुकभर यस कम्पनीको ६१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउन्टर भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १ अर्ब ७८ करोड ९२ लाख ९८ हजार ९ सय ९५ रुपैयाँ बिमा शुल्क आर्जन गरेको पनि जनाएको छ ।