कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५
1126

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेडबीच बिहीबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरे । उक्त सम्झौता भएपश्चात् राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले आफ्नो धितो तथा अन्य सम्पत्तिहरूको बिमा नेको इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ छ । गत आवको साउन समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय भुपेन्द्र पाण्डे र कविराज अधिकारी, नायव महाप्रवन्धकहरू सुशील श्रेष्ठ, केशवप्रसाद लम्साल, उद्धबप्रसाद खनाल, नरेशराज अर्याल, विभागीय प्रमुखहरू कपिलमणि ज्ञवाली, महेन्द्रप्रसाद अवस्थी, नेको इन्स्योरेन्स लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का, वरिष्ठ प्रवन्धक विशालकुमार थापा, वरिष्ठ अधिकृत नरेश श्रेष्ठको उपस्थिति थियो ।