कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५
1077

मेगा बैंक नेपालको सातौं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौंमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । साधारणसभामा छलफल तथा अनुमोदनका लागि पेस भएका समपूर्ण प्रस्ताव सभाले पारित गरेको थियो ।
वार्षिक साधारणसभाबाट बैंकको चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस सेयर पारित गर्ने निर्णय गरेको थियो । साथै सर्वसम्मतिबाट बैंकको अध्यक्षमा चयन भएका भोजबहादुर शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष सञ्चालक समितिको अध्यक्षको सपथ लिएका थिए । चुक्ता भएको साधारण सेयरको आधारमा मेगा बैंक वाणिज्य बैंकहरूमध्येकै दोस्रो ठूलो बैंकको रूपमा छ ।

 


सातामा धेरै पढिएको