कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५
793

ग्लोबल आईएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकासोरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३१ वटै शाखाहरूमार्फत नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरू खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका थिए ।