कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५
702

 देवःविकास बैंकले बुधबार १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम बैंकको केन्द्रीय कार्यालय, लालदरबारमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एसोसिएसन नेपाल, काठमाडौं जिल्लाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गर्नु भएको छ ।
बैंकका कर्मचारीहरूलगायत स्थानीय स्वयमसेवी रक्तदाताहरूको समेत उत्साहजनक सहभागिता रहेको यस प्रकारका कार्यक्रम आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरूमा समेत गरिने जनाएको छ । यसैगरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी तालतथामन्दिर परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरिनुका साथै मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरियो ।
कार्यक्रममा बैंकका कर्मचारीहरूका सथासाथै विद्यार्थीहरू, भक्तजनहरू एवं स्थानीय गन्यमान्य व्यक्तिहरूको समेत उपस्थिति थियो । सोही अवसर पारेर नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गत १ थान फोटोकपी मेसिन र स्क्यानर मेसिन प्रदान गरिएको छ ।