कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५
625

 सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई एक वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ । खेल क्षेत्रसँग सम्बन्ध जोडिदै बैंकले आफ्नो सेवाको विकास र विस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित व्यक्तित्वहरू पारस खड्का र प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जनाएको छ ।
उनीहरूको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायीक अभिवृद्धिमा मद्दत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्का उपस्थित थिए ।