कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५
872

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई आइक्यानले पुरस्कृत गरेको छ । योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी बैंकिङ सेवा दिइरहेको बैंकलाई आइक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित गरेको हो ।
यो पुरस्कार आइक्यानद्वारा आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई संस्थागत सुशाशन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखासम्बन्धी टिप्पणी का आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई दिइने पुरस्कार हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरूबाट करिब ३ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।