कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
420

सिद्घार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप पाँच लाख रुपैयाँ प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको दोलखाको भिमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने बैकले जनाएको छ ।
नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउने उद्देश्य रहेको गैरसरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु¥याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केही उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकता दिँदै जानेछ ।