कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
478

सनराइज बैंकले एकै दिन ४ वटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोहमार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरे ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धिमा विस्तारित काउन्टर विस्तार गरेको हो ।
हालसम्म सन्राइज बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, १० वटा विस्तारित काउन्टर र १६० वटा एटीएम मार्फत् आफ्नाकरिब ६ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।