कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
396

सिद्घार्थ बैंक लिमिटेडले बुधबार आइएमएस सफ्टवयर प्रालिसँग बिलिङ तथा भुक्तानीसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आइएमएस सफ्टवयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात् बैंक आइएमएस सफ्टवयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आइएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ सेवाहरू विशेष छुटमा उपलब्ध गराउनेछ ।