कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
768

एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । एनएमबि बैंकको आइतबार भएको विशेष साधारणसभामा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको हो ।
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः ८५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको बैकले जनाएको छ । जसअनुसार कञ्चन डेभलपमेन्ट बैंक लि.का सेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लि.को १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् । सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंक लिलाई प्राप्ति गरे पश्चात पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्नेछ ।
एकीकृत कोरोबार सुरु भएसँगै शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्ने बैकले जनायो ।