कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
552

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गुडविल फाइनान्स लिमिटेडबीच प्रति ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार चुक्ता मूल्य १,००० कायम भएको २,५०,००० थान १२% गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआइािएल एस क्यापिटल मार्फत् २,५०,००० थान १२% गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २,५०,०००थान ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको भन्दै कम्पनीले ऋणपत्र सूचीकरण सम्झौतापत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका हुन् ।