कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
714

विश्व बैंक समुहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले एनएमबी बैंकलाई करिब ३ अर्ब रुपैयाँ (२५ मिलियन डलर) ऋण उपलब्ध गराउने भएको छ । ऋण उपलब्ध गराउने विषयमा आईएफसी र एनएमबी बैंकबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो ।
राष्ट्र बैंकले बैंकहरूलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन बाटो चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेसँगै सबैभन्दा बढी वैदेशिक ऋण एनएमबी बैंकले लिएको छ । यसअघि ३ वटा विदेशी वित्तीय संस्थाबाट ऋण ल्याइसकेमा मंगलबार अर्को संस्थाबाट पनि ऋण बढाउन सम्झौता गरेको हो ।

आईएफसीसँग पनि एनएमबीले यसअघि पनि ऋण लिएकोमा मंगलबार दोस्रो पटक ऋण लिने सम्झौता गरेको को । आईएफसीले ऋण दिने सम्बन्धमा सम्झौता गरेको जनाउँदै यस मझौला उद्योगमा ऋण प्रवाहमा सहयोग पु-याउनुका साथै रोजगारी वृद्धिमा समेत योगदान पुग्ने जनाएको छ ।
एनएमबीले यसअघि आईएफसीबाट नै १५ मिलियन डलर ऋण ल्याइसकेको छ भने स्वीट्जरल्यान्डको सिम्वायोटिक्स इन्भेस्टमेन्ट कम्पनीबाट करिब १ अर्ब रुपैयाँ र बेलायतको कमन वेल्थ डेभलपमेन्ट को–अपरेसनबाट करिब १ अर्ब रुपैयाँ ऋण ल्याइसकेको छ ।