कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
530

कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबीच बैंकिङ कारोबारमा साझेदारी गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ्ग काउन्टर बैंकबाट सञ्चालन गर्ने सहमति भएको हो । सम्झौताअनुसार आगामी पाँच वर्षका लागि भएको उक्त सम्झौता पत्रमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक करुणचन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । कृषि विकास बैंकका सञ्चालक हरिप्रसाद पराजुलीको रोहवरमा भएको उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन् ।
देशको ७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत २८० वटा शाखा सञ्जाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ्ग सेवा सञ्चालन गर्ने लक्ष्यसहित उक्त सेवा सञ्चालन गर्ने जनाएको छ ।