कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
570

कोरोना भाइरसको महामारीसँगै गरिएको लकडाउनका कारण आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको अवस्थालाई मध्यनजर गरी मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अशेस्वर महासेठले घर भाडामा सहुलियत दिएका छन् ।
व्यवसाय ओरालो लागेको अवस्थालाई नेपाल सरकारले घरबेटीहरुलाई घरभाडा छुट गर्न आग्रह गरिरहेको छ । जनकपुर उपमहानगरपालिका २१ कुर्था धनुषामा रहेको मेरोमाइक्रोफाइनान्सको कुर्था शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी महासेठले सामाजिक दायित्व निर्वाह गरेको शाखा कार्यालयका प्रमुख इन्द्रजित कुमार यादबले जानकारी दिए ।