कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
524

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा बिस्तार गर्ने क्रममा सोमबारबाट सलकपुर शाखा सञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीका कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले मोरङको सलकपुर शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपाली जनता माझ आफ्नो उपस्थितिलाई दरो बनाउने तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यले बैंकले शाखा विस्तार गरेको जनाएको छ । बैकले नयाँ शाखामार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको पनि जनाएको छ ।