कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
627

नेपाल बङ्गलादेश बैंकले ९६ औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा सञ्चालनमा ल्याएको छ ।
बैंकले सोमबारदेखि काँडाघारीमा शाखा बाट औपचारिक कारोबार शुभारम्भ गरेको जनाएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले गरेका थिए ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको भन्दै ढुङ्गानाले सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाए ।