भुवन पौडेल
मंगलबार, जेठ २०, २०७७
1130

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको वर्गीकरण गरेर ब्याजदर घटाएको छ । केन्द्रीय बैंकले पुनर्कर्जालाई तीन प्रकारमा वर्गीकरण गरी एकदेखि तीन प्रतिशतमा बैंक वित्तीय संस्थालाई उपलब्ध गराउने व्यवस्था गर्दे कार्यविधि संशोधन गरेको हो ।
विश्वभर माहामारकिो रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपाली अर्थतन्त्र पनि प्रभावित भएको छ । सोही क्रममा उद्योगी व्यवसायीहरूलाई कोरोनाका कारण परेको प्रभाव कम गर्नका केन्द्रीय बैंकले पुनर्कर्जा कार्यविधि नयाँ बनाएको हो । हाल पुनर्कर्जा कोष ६० अर्बको रहेको छ । बजेटले यसलाई १०० अर्बको बनाउने व्यवस्था गरेको छ । त्यसका साथै कोरोना प्रभावित उद्योगधन्दाहरूलाइए राहातका लागि छुट्टै ५० अर्बको राहत कोष समेत सोही ढाँचामा छ । यसका लागि केन्द्रीय बैंकले तयार गरेको पुनर्कर्जासम्बन्धी नयाँ कार्यविधि २०७७ को मस्यौदाअनुसार पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन तहमा वर्गीकरण गरेको छ । केन्द्रीय बैंकले तयार गरेको पुनर्कर्जा कार्यविधि २०७७ को मस्यौदाअनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा केन्द्रीय बैंकले बैंक वित्तीय संस्थावाट ३ प्रतिशत ब्याजदर लिनेछ भने ऋणीलाई बैंक वित्तीय संस्थाले ५ प्रतिशतमात्र ब्याज लिन पाउनेछन् । त्यसैगरी नेपाल राष्ट्र बैंकले विशेष पुनर्कर्जामा बैंक वित्तीय संस्थाबाट एक प्रतिशतमात्र ब्याजदर लिनेछ भने बैंक वित्तीय संस्थाले ऋणीबाट तीन प्रतिशतमात्र ब्याज लिन पाउनेछन् । साधारण पुनर्कर्जामा केन्द्रीय बैंकले तीन प्रतिशत ब्याजदर लिनेछ भने बैंक वित्तीय संस्थाले ऋणीबाट ५ प्रतिशतसम्म ब्याज लिनसक्ने व्यवस्था छ ।

मस्यौदाअनुसार बैंकले समय समयमा कुनै क्षेत्र विशष्ोलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा भनिनेछ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिने मस्यौदामा उल्लेख छ ।
बंैकले यस कोषमा रहेको रकमको अधिकतम पाँच गुणासम्म पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा कायम गरेको छ । यस्तो कर्जाको अवधि एक वर्षको हुने समेत मस्यौदामा उल्लेख छ । मस्यौदाअनुसार बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा १० करोड हनेछ । यस्तो पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलव्ध गराउने साधारण पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । यस्तो पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने समेत मस्यौदामा उल्लेख छ । बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।
पुनर्कर्जा प्रदान गर्दा चालू आर्थिक वर्षमा मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सम्पन्न गरको र प्रक्रियामा रहेका इजाजतपत्रप्राप्त संस्थाहरूलाई प्राथमिकता दिइने मस्यौदामा उल्लेख छ । इजाजतपत्रप्राप्त संस्थाहरूले चाहेमा तोकिएको भुक्तानी अवधिभन्दा अघि पुनर्कर्जा रकम चुक्ता गर्न सक्नेछन् । पुनर्कर्जा सुविधा प्राप्त गरिरहेका इजाजतपत्र प्राप्त संस्थाले पुनर्कर्जाको त्रयमासिक विवरण त्रयमास समाप्त भएको १५ दिनभित्र सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश गर्नुपर्नेछ । कुनै पनि ऋणीले एक पटकमा एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थामार्फत पुनर्कर्जा सुविधा उपयोग गर्न पाउने छैनन् ।
कुनै पुनर्कर्जा लिएका संस्थाको सहायक संस्थाको रुपमा रहेको वा अन्य व्यवसायिक समूहसँग आबद्ध भएका वा वित्तीय स्वार्थ जोडिएका ग्राहक÷ऋणी लघु, घरेलु तथा साना उद्यमका लागि प्रदान गरिनेपुनर्कर्जाका लागि योग्य हुने छैनन् । पुनर्कर्जा सुविधाका लागि आवेदन दिने र यस्तो सुविधा उपयोग गर्ने ग्राहक÷ऋणीको कारोबार÷व्यवसाय÷परियोजनाको बंकै बाट आवश्यकता अनुसार स्थलगत वा गैरस्थलगत निरीक्षण गर्न सकिनेछ ।
मस्यौदाअनुसार पुनर्कर्जा सुविधा प्राप्त गर्ने ग्राहक÷ऋणीहरूको नामावली सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रत्येक त्रयमास समाप्त भएको सात दिनभित्र आफ्नो वेबसाइटमार्पmत सरोकारवालाको जानकारीका लागि प्रकाशन गर्नुपर्नेछ । सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले पुनर्कर्जा तमसुकमा तोकिएको मितिमा पुनर्कर्जा भुक्तानी गर्नुपर्नेछ । पुनर्कर्जा माग गर्दा पेश गरिएको ग्राहक ऋणीको व्यवसाय, परियोजना, कारोबार, वित्तीय विवरणलगायतका विषय विश्लेषणबाट पुनर्कर्जा प्रदान गर्न उपयुक्त नदेखिएमा जुनसुकै कारणले आंशिक वा पूर्ण रूपमा पुनर्कर्जा प्रदान गर्न इन्कार गर्नसक्ने अधिकार बैंकमा निहित रहनेछ । यस कार्यविधि अनुसार प्रदान गरिएको पुरकर्जा सुविधामा पूर्वनिर्धारित मितिमा पुनर्कर्जा रकमको साँवा÷ब्याज असुलउपर हुन नसकेमा थप एक प्रतिशत (वार्षिक) को पेनाल ब्याजदरसहित सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको बैंक स्थित खाता खर्च गरी रकम असुलउपर गरिनेछ । इजाजतपत्रप्राप्त संस्थाले जरिवाना तिरेको मितिले छ महिनासम्म पुनर्कर्जाको लागि आवेदन दिन योग्य हुने छैनन् । झुटो विवरण पेश गरी पुनर्कर्जा माग गरेमा वा प्राप्त गरेमा, ग्राहक÷ऋणीलाई पुनर्कर्जा वापतको व्याज सहुलियत प्रदान नगरेमा त्यस्तो पुनर्कर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाको पुनर्कर्जा माग गर्ने पदाधिकारीलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कारवाही गरिनेछ ।