कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७
526

कोरोना भाइरसले देशव्यापी माहामारीको रुप लिइरहेको अवस्थामा सनराइज बैंकले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बिमा गरेको छ ।
बैंकले कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बिमा गराएको जनाएको छ ।

कोभिड–१९ बिमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको एक १ लाख रुपैयाँ बराबरको सामुहिक बिमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्पmत गरिएको छ । बिमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बिमा कम्पनीबाट बिमा दाबी गर्न सकिने जनाएको छ ।
बैंकले बिमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बिश्वास लिएको जनाएको छ ।