कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
638

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमा डिम्याट खाता र मेरो सेयर भएका ग्राहकले वाषिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सक्ने भएका छन् ।
क्यापिटलले ग्राहकलाई सहज रुपमा सेवा उपलब्ध गराउन उक्त व्यवस्था गरेको कम्पनीले जनाएको छ । क्यापिटलले व्यवसाय एवं स्टार्ट अपहरूलाई कोरोनाबाट परेको प्रभावको लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरूको सुझाब र पुँजी व्यवस्थापन समेतमा सहयोग प्रदान गर्न नयाँ दुई थरी एडभाइजरी प्रडक्ट समेत सञ्चालनमा ल्याएको भन्दै महामारीका बीच व्यवसायलाई थप विस्तार एवं विविधीकरण गर्दै परामर्श प्रधान सेवाहरू सञ्चालनमा ल्याएको पनि जनाएको छ ।
जसअन्तर्गत बिजनेस एसेसमेन्ट एन्ड इम्प्याक्ट एनालाइसिस नामक सेवाले ग्राहकलाई उनीहरूको व्यवसायमा महामारीको प्रभावको लेखाजोखा, विश्लेषण र परामर्शको सेवा दिनेछ । यसले ग्राहकलाई व्यवसाय जोगाउन चाल्नुपर्ने कदम, विविधीकरण एवं नवप्रवर्तनका सम्भावना देखाइदिने कम्पनीले जनाएको छ ।