कारोबार संवाददाता
सोमवार, जेठ १२, २०७७
682

नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ४५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई हस्तान्तरण गरेका छन् । यसका साथै बैंकले सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५ लाख रुपैयाँका दरले हस्तान्तरण गरेको जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।