कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
429

धनगढी- सनराइज बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा २५ थान सेती प्रादेशिक हस्पिटलका सुपरिटेन्डेट डा. हेमराज पाण्डेलाई सन्राइज बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरेका छन् । अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरूको सुरक्षा प्रतिचिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा धन्यवाद दिए ।
बैंककाका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।