भुवन पौडेल
बुधवार, चैत्र २६, २०७६
867

अधिकारीको पदबहाली

विश्वव्यापी कोरोना महामारीले अर्थतन्त्रलाई अत्याएको बेला नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पद बहाली गरेका छन् । सरकारले सोमबार अधिकारीलाई राष्ट्र बैकको १७ औं गभर्नरमा नियुक्त गरेको हो ।
चुनौतीबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिई अधिकारीले गभर्नरको कार्यभार सुरु गरेका छन् । उक्त अवसरमा गभर्नर अधिकारीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्पm लैजान आफु प्रयत्नशील रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । साथै, केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले राष्ट्र बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिवद्धता समेत जनाए ।
कोरोना भाइरसको संक्रमणका कारण व्यवसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको धारणा राख्दै बालुवाटारको राष्ट्र बैकको नेतृत्व सम्हाल्न सुरु गर्दा उनले कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु-याउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति राष्ट्र बैंकले पहल आवश्यक रहेको बताए ।
तर, सरकारको आर्थिक सल्लाहकार मानिने केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै गर्दा नेपालमा बन्दाबन्दी लागू गरिएको २ साता बितिसकेको छ । हुनत नेपालीले विगत ३ दशकमा आन्दोलन, बन्द, शक्तिशाली भूकम्प नाकाबन्दी सबै सामाना गरेर आएकै हुन् । तर, बहुमतप्राप्त स्थिर सरकारको २ वर्षको कार्य प्रगती तथा अर्थतन्त्रको विचलन भएपनि कोरोनाको माहामारीसँग जुध्न ५१ महिनापनि केन्द्रीय बैंक फर्किएका अधिकारीलाई सहज भने छैन ।
परिस्थिति आंकलन गरेभन्दा गम्भिर छ । सरकार नियन्त्रणमुखी छ । राष्ट्र बैकको स्वायत्तता खतरामा छ अनि विश्व समुदाय नै आर्थिक समस्यामा परेकाले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक जस्ता बहुपक्षीय बाहेक द्धिपक्षीय दातृ निकायले नेपाललाई गर्ने सहयोगमा पनि ऋणको मात्र बढि छ । आन्तरिक उत्पादन २ वर्षमा सोचेअनुरुप बढेको थिएन, अनुत्पादक क्षेत्रमा लगानी बढेको छ । यस्तो अवस्थामा राष्ट्र बैंकको कमाण्ड सम्हाल्न पुगेका अधिकारीसमक्ष विशेष दवाव त छ नै, चुनौती पनि कम छैन ।
व्यापार व्यवसायमा आएको मन्दीको कारण राजस्व असुली कम हुने अवस्थामा सरकारलाई चाहिने नगद व्यवस्थापन गर्ने जिम्मेवारीमा रहेको राष्ट्र बैंकले नगदको व्यवस्थापन कसरी गर्ने र मुद्रास्फीतिलाई कसरी काबुमा राख्ने छ, नयाँ गभर्नरको प्रमुख चुनौती हो । यस्तै, यसैपनि रेमिट्यान्स घटिरहेका वर्ष अन्तर्राष्ट्रिय बन्दाबन्दीले झन् रेमिटयान्स घट्ने नै भयो । यसको असर विदेशी मुद्राको सञ्चिती तथा शोधनान्तरमा मात्र पर्ने छैन, वित्तीय स्थायित्वमा पनि पर्दछ । “कताकता लाग्छ म सँधैभरी भुङ्ग्रोमै खेल्न पो आएको हो कि ?” पद बहालीकै क्रममा उनले भने, “कहीँ समस्या प-यो कि त्यहाँ जानु पर्ने अवस्था हिजोका दिनमा पनि थियो । अवकाश भएपछि पनि भयो ।
भूकम्पका बेलामा पनि हामीले ’क्राइसिस म्यानेज’ गर्नु प-यो । अहिले कोरोना संक्रमणको बीचमा नेतृत्व लिएर आएको छु ।” उनले आफूमा आत्मविश्वास रहेकाले एक्लो महसुस नगरेकाले समस्यासँग जुध्ने आँट देखाएका छन् । आफना अगाडि प्रशस्त चुनौती रहेको स्वीकार्दै उनले सबैले आफ्नो जिम्मेवारी पूरा गरे राष्ट्र बैंकको उद्देश्य प्राप्त गर्न सहज हुने बताए ।


सातामा धेरै पढिएको