कारोबार संवाददाता
सोमवार, चैत्र २४, २०७६
2566

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबारको बैठकले अधिकारीलाई ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो। राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर अधिकारी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।
राष्ट्र बैंकका तत्कालीन् गभर्नर डा चिरंजिबी नेपालको कार्यकाल सकिएसँगै रिक्त स्थानमा अधिकारी आएका हुन्। चार्टर्ड एकाउन्टेन्ट अधिकारीले राष्ट्र बैंकमा ३१ वर्ष काम गरेका छन्।