कारोबार संवाददाता
शनिवार, चैत्र २२, २०७६
588

नेपाल एसबीआई बैंकले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगका लागि जम्मा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ । उक्त रकममध्ये ५० लाख रुपैयाँ केन्द्रीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख रुपैयाँ सहयोग गर्नेछ । यसका साथै बाँकीको १५ लाख रुपैयाँ बैंकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने पनि बंैकले जनाएको छ ।