कारोबार संवाददाता
शनिवार, चैत्र २२, २०७६
565

संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुँदा यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले निभाएको भूमिका सराहनीय रहेकोले, यहाँहरूको सुरक्षाका लागि सन्राइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा ५० थान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङलाई सन्राइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबीन्द्र केसीले औपचारिक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको भन्दै बैंकले प्रादेशिक कार्यालय–२ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई हस्तान्तरण गरेको जनाएको छ ।