कारोबार संवाददाता
शनिवार, चैत्र २२, २०७६
6949

मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५–५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । मेगा बैंक सञ्चालक समितिको निर्णयअनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।