कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६
555

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४९ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकार मातहत रहेको कोषमा ७ लाख रुपैयाँका दरले सहयोग गरेको जनाएको छ ।
विपतको घडीम बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास लिएको बैंकले लिएको जनाएको छ ।
महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।