कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६
606

पहल कोरोना विरुद्ध लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ बी २ नेपाल र रिलायन्स फाइनान्स लिमिटेडले संयुक्त रूपमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुवै संस्थाका स्थानीय प्रतिनिधिहरुको उपस्थितिमा पहिलो चरणमा हेटौंडा र वीरगन्जका स्वास्थ्य संस्थालाई वितरण गरिएको छ । त्यसैगरी दोस्रो चरणमा चितवन, नवलपरासी, बुटवल र भैरहवा तथा तेस्रो चरणमा दाङ, नेपालगन्ज, सुर्खेत र धादिङमा वितरण गरिने छ । ती स्वास्थ्य संस्थामा कोरोनाविरुद्धको उपचारका लागि स्वास्थ्यकर्मीले सुरक्षाका लागि प्रयोग गर्ने स्वास्थ्य सामग्री वितरण गएिको हो ।