कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
467

बैंक अफ काठमाण्डूले आफ्नो २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरूको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै ‘बीओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरूप बैंकले उक्त खाता सञ्चालनमा ल्याएको भन्दै बैकले ‘२५ वर्षदेखि सफलतालाई सहज बनाउँदै’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहक महानुभावहरूले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् ।
उक्त बचत खातामा उच्चतम ब्याजदरको व्यवस्थासहित थुप्रै निःशुल्क सुबिधाहरू छन् । उक्त बचत खाताका विशेषताहरू निम्नबमोजिम छन् । वार्षिक ६ प्रतिशत ब्याजदर, न्यूनतम् मौज्दात २५ रुपैयाँमात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको व्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङको व्यवस्था तथा पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ व्यवस्था आदि विशेषता रहेको बैंकले जनाएको छ ।