कारोबार संवाददाता
सोमवार, फाल्गुन १२, २०७६
980

एनआईसी एसिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्वितीय सुविधा साँच्चै चमत्कारिक छ । सामान्यतयाः मुद्दती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ भन्दै बैंकले यस न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बिमा सुविधासमेत दिएर मुद्दती खाताको दायरा नै फराकिलो बनाइदिएको जनाएको छ ।
यो मुद्दती खातामा ग्राहकहरूले उच्च ब्याजदरसँगै तीन विभिन्न बिमा सुविधा पनि पाउन सक्ने तथा योजनाअन्तर्गत खाता खोलेका ग्राहकले जीवनमा आइपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बिमा सुविधा पाउने पनि बैंकले जनायो ।

यो बिमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरूका लागि १० लाख रुपैयाँसम्म र १ लाख रुपैयाँसम्मको औषधि उपचार बिमा सुविधासमेत उपलब्ध छ ।
यसैगरी औषधि उपचार बिमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्नाबापत ८० हजार रुपैयाँसम्मको बिमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बिमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेस्ट, औषधि खर्चलगायतका खर्चहरूबापत २० हजार रुपैयाँसम्मको भरपाई गर्ने पनि बैंकले जनायो ।