कारोबार संवाददाता
सोमवार, फाल्गुन १२, २०७६
669

काभ्रेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था २७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा काठमाडौं बाट सेवा सुरु गरेको छ । काठमाडौंमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था र विन्धवासिनीको एकीकृत कारोबार घोषणापछि एकीकृत कारोबार शुभारम्भपछि बिन्धवासिनीको सेवा काभ्रेपलाञ्चोकसँगै काठमाडांैका पनि सुरु भएको छ ।
संस्थाका प्रमुख व्यवस्थापक केवी लामाले काभ्रे जिल्लाभित्र १ हजार ६ सय ८५ वटा समूहमार्फत ३५ हजार ७ सय सेयर सदस्य र ७ हजार ३ सय ७० जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४३ हजार सेवाग्राही, सेयर पुँजी ३० करोड ९१ लाख २५ हजार, ऋण लगानीमा बाँकी २ अर्ब २३ करोड ८१ लाख ८३ हजार, बचत तथा निक्षेप २ अर्ब १६ करोड ९८ लाख ६५ हजार पुगेको छ भने कुल सम्पत्ति २ अर्ब ८८ करोड ११ लाख ४९ हजार सम्पत्ति पु¥याउन संस्था सफल भएको जानकारी दिएका थिए । स्थापना कार्यक्रममा संस्थापक सदस्यहरूलाई सम्मान, विभिन्न कार्यक्रमहरूमा संस्थालाई विभिन्न सांस्कृतिक कार्यक्रम तथा स्थान सहयोग गर्नुहुने संघ–संस्था तथा महानुभावहरूलाई प्रशंसापत्र तथा सम्मान, रक्तदान तथा निःशुल्क रक्तचाप परीक्षण, ०७५-०७६ को कारोबारको आधारमा ४१ जना सदस्यलाई असल ऋण परिचयपत्र तथा सम्मान, दलित छात्रवृत्ति, उत्कृष्ट सेवा कार्यालय व्यवस्थापन उपसमिति पुरस्कार तथा सम्मानबाट पनौती सेवा कार्यालय व्यवस्थापन उपसमिति, कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट कर्मचारी पुरस्कार सेवा कार्यालय पाँचखालका कर्मचारी घननाथ दंगाललाई पुरस्कार तथा सम्मान गर्नुका साथै दीर्घसेवा पदकबाट सेवा कार्यालय बनेपामा कार्यरत सहायक व्यवस्थापक विश्वनाथ गुरागाईंलाई सिल्भर मेडलसहित सम्मान गरेको संस्थाका सचिव रामशरण भण्डारीले जानकारी दिए ।
समूहगत र क्षेत्रगत अवधारणामा सञ्चालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रमअन्तर्गत स्थापना दिवसको अवसर पारेर भकुण्डे सेवा कार्यालयमा निःशुल्क दन्त परीक्षण, तेमालमा रहेको भूमेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्टेसनरी तथा खेलकुद सामग्री वितरण, पनौतीमा रहेको प्राणनाथ माइती वृद्ध आश्रमका लागि फलफूल वितरण, नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य रूपमा सम्पन्न गर्न काभ्रेपलाञ्चोक जिल्लाका सिमाना क्षेत्रहरूमा स्वागत बोर्ड राखिएको, च्यासिंखर्क सेवा केन्द्रबाट पूर्णकालीन सेवाको प्रारम्भ, खुला रक्तदान तथा रक्तचाप परीक्षण, संस्थाको संस्थापक सचिव दिवाकर गुरागाईंलाई स्वास्थ्य उपचार सहयोग वितरण, निःशुल्क आँखा शिविर, कार्यालयहरूमा दीपावली आदि कार्यक्रमहरू आयोजना गरेको थियो ।

 


सातामा धेरै पढिएको