कारोबार संवाददाता
सोमवार, फाल्गुन १२, २०७६
683

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात् सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आबद्ध भएका रोजगारदाताहरूले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरूले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशतसमेत गरी जम्मा ३१ प्रतिशत रकममध्ये विभिन्न योजनाअन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्ने बेकले जनायो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्थाबीच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनका लागि थप सघाउ पुग्ने बताए भने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारे ।

 


सातामा धेरै पढिएको