कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
480

एनआईसी एसिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ करोबार सुरु गरेको छ । ग्रामीण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको मंगलबार औपचारिक रूपमा उद्घाटन कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट एक समारोहकाबीच उक्त शाखाको उद्घाटन सु–सम्पन्न भएको भन्दै बैंकले उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास लिएको पनि जनाएको नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।