कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
480

सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड–७, जाजरकोट अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।
मंगलबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब १ हजार १ सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्थागर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ ।
शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भइरहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । शुद्ध खानेपानीको पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त जनाएको छ ।