कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
455

काठमाडौंमा जारी माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रयोजक माछापुछ्रे बैंक प्रि–क्वाटर फाइनल प्रवेश गरेको छ । तेस्रो दिनको खेलअन्तर्गत माछापुछ्रे बैंकले सनराइज बैंकलाई ४ विकेटले पराजित गरी प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
क्वाटर फाइनल प्रवेशका लागि माछापुछ्रे बैंकले अब मंगलबार प्राइम कर्मसियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सञ्चालन भइरहेको माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि–क्वाटर फाइनल तथा क्वाटर फाइनलका खेलहरू हुनेछन् भने अन्तिम दिन बुधबार सेमिफाइनल तथा फाइनल खेलहरू हुनेछन् ।