कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
795

सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ल्याएकोे सनराइज पपकर्न मानियाको उद्घाटन क्यूएफएक्स सिनेमा, कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ । शुक्रबार क्यूएफएक्स सिनेमा, कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरे ।
क्यूएफएक्स सिनेमा, कुमारी हलमा सिनेमा हेर्न आएका दर्शकहरु माझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु सञ्चालन गरी उपहारहरुसमेत प्रदान गरिएको थियो । तीन महिनासम्म सञ्चालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क्यूएफएक्स सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रतिटिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।