कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
537

सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सीसीटिभी जडान गर्न उपभोक्ता समितिलाई ७५ हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरियो ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने व्यवसायीहरूको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालिकाचोकदेखि राष्ट्रबैंक चोकसम्म समितिले सीसीटिभी जडान गर्ने योजना अगाडि सारेको छ । यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सीसीटिभी जडान पछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ ।
शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माण गर्नुका साथसाथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।