कारोबार संवाददाता
मंगलबार, माघ १४, २०७६
409

प्रभु बैंकले आफ्नो  सेवा विस्तार गर्ने क्रममा म्याग्दी जिल्लाको बेनी नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । म्याग्दीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको भन्दै प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको जनाएको छ ।