कारोबार संवाददाता
मंगलबार, माघ १४, २०७६
379

सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मोरङको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका–२ का अध्यक्ष दोरीलाल चौधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गच्छधारले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उक्त बैंकिङ सेवाका प्रतिनिधि देव नारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ सेवा सञ्चालन भएको बैंकले जनाएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।