सागर परियार
सोमवार, माघ १३, २०७६
441

जुम्ला-कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमका लागि कर्णालीका ७९ स्थानीय तहमा तीन करोड चौरासी लाख (झण्डै चार करोड) बजेट पठाएको छ ।
‘कर्णालीमा बढिरहेको बालविवाह तथा भ्रुण हत्यालाई रोक्नका लागि सरकारले यो कार्यक्रम ल्याएको हा । ‘कर्णालीमा गत साउन एक गतेदेखि जन्मेका सबै छोरीकालागि खाता खोल्न बजेट अभाव नहोस भनेर कार्यक्रम सञ्चालन कार्यविधि २०७६ निर्माण गरि स्थानीय तहको खातामा पैसा पठाइएको हो । सामाजिक विकास मन्त्री दल रालले भनने, कर्णालीमा गर्भबाटै हिंसामा पढ्ने महिलाको संख्या धेरै छ ।

कुन जिल्लामा कति बजेट ?
छोरी सुरक्षाका लागि कर्णालीका १० वटै जिल्लामा आबश्यक बजेट दिएको छ । जसमा सुर्खेतका ९ स्थानीय तहमा गरी ७२ लाख रकप दिएको छ । जो सबैभन्दा बढी हो । भने, सल्यानका पनि ९ स्थानीयतहले ६ लाख ६० हजार पाएका छन् ।
यस्तै, रुकुम पश्चिमका ६ ओटा स्थानीय तहले पनि ६ लाख, दैलेखका ११ स्थानीय तहले पनि ६ लाखको दरले रकम पाउँदा जिल्लामा ६६ लाख, जाजरकोट सात स्थानीय तहले ६ लाख, डोल्पाका ८ स्थानीय तहले ३ लाख छोरी सुरक्षाका लागि बैंक खाता कार्यक्रमका लागि बजेट प्राप्त गरेका छन् । भने, जुम्लाका आठ स्थानीइतहका लागि २४ लाख, कालिकोटका ७ स्थानीइतहका लागि पनि २४ लाख ५ स्थानीयतहका लागि १५ लाख गएको छ । १० वटै जिल्लाको गरी करिब ४ करोड बजेट भएको छ । खातामा सुरुमा १ हजार रुपैयाँ जम्मा गरिने छ ।
उक्त खातामा खातावाला २० वर्ष नपुग्ने बेलासम्म झिक्न नमिल्ने गरी मासिक ५०० रुपैयाँका दरले रकम जम्मा गरिनेछ । खाता खोलिएका छोरीहरु २० वर्ष पुग्दासम्म उनको खातामा प्रतिव्यक्ति एक लाख २१ हजार रुपैयाँ जम्मा हुन्छ । ब्याजसहित भने खातामा करिब दुई लाख रुपैयाँ जम्मा हुनेछ । चालु आवमा मात्रै कर्णालीमा ११ हजार छोरी जन्मीने अनुमान छ ।
यता, कर्णाली सरकारले लागु गरेको छोरी सुरक्षाका लागि बैंक खाता कार्यक्रम गाउँगाउँमा शुरु भएको छ । छोटो समयमा पनि धेरै लोकप्रिय भएको छोरी सुरक्षा कार्यक्रमले छोराछोरी बीचको लैगिक विभेदलाई पनि कम गर्दै गएको छ । जुम्लाकै दुर्गम मानिने कनकासुन्दरी गाउँपालिकामा छोरी सुरक्षा कार्यक्रम शुरुले महिलाले राहत महसुश गरेका छन् । कनकासुन्दरी गाउँपालिका–८ सञ्ज्यलवाडाकी शान्ति सञ्ज्यालकी साउन १३ गते छोरी जन्मिँदा दुःखी भइन् ।
समाजमा छोराछोरीबीच गरिने विभेदले उनी निकै चिन्तीत थिईन् । छोरी जन्माएको भन्दै घरका समाजले वास्त गर्थेन् । उनले भनिन, सरकारले छोरी जन्मीए खाता खोलिदिने खबर पाए । त्यसपछि गाउँपालिका कार्यालय गँदा सबैले छोरी जन्माएकोमा हजुरलाई बधाई छ । अब गाउँपालिकाले छोरी र आमाको नाममा खाता खोलिदिँदै छ । भने, प्रत्येक महिना छोरीको नाममा ५ सय रुपैया खातामा हालिदिने छौ । भनेपछि उनी खुसी हुँदै घर घर आएको उनको भनाई छ ।