भुवन पौडेल
सोमवार, माघ १३, २०७६
661

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स कतारबाट आउने गरेको छ भने कतारपछि छिमेकी मुलुक भारतबाटै बढी रेमिट्यान्स भित्रिने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार कतारपछि भारतबाटधेरै रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रकम सो अवधिमा नेपाल आएको कुल रकमको १७.७ प्रतिशत हो । त्यसैगरी नेपाल रेमिट्यान्स धेरै पठाउने देशमा रहेको भारतबाट सो अवधिमा ४३ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यो रकम चालू आर्थिक वर्षको चार महिनामा आएको कुल रेमिट्यान्सको १४.२ प्रतिशत हो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ ।

आर्थिक वर्ष २०७६-७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार खाडी मुलुकहरूबाट मात्र कुल रेमिट्यान्सको ५०.३ प्रतिशत हिस्सा रहेको छ। खाडी मुलुकहरूमध्ये सबैभन्दा बढी विप्रेषण कताररेमिट्यान्स आएको छ भने यूएईबाट४० अर्ब ८७ करोड अर्थात १३.४ प्रतिशतरेमिट्यान्स आएको छ ।साउदी अरेबिया तथा मलेसियाबाट प्राप्त विप्रेषण कुल विप्रेषणको क्रमशः १२.५ प्रतिशत र ९.७ प्रतिशत रहेको छ । बहराइन तथा कुवेतजस्ता खाडी मुलुकहरूबाट कुलरेमिट्यान्सको ४ प्रतिशतभन्दा कम रहेको अध्ययनले देखाएको छ ।
श्रम गन्तव्यको प्रमुख मानिएको मलेसियामा कामदार जाने क्रम बन्द भएका कारण आर्थिक वर्ष २०७५-७६ मा रेमिट्यान्स आप्रवाह घटेको राष्ट्र बैंकले जनाएको छ। मलेसियासँग द्विपक्षीय सम्झौतापछि आगामी दिनमा मलेशिया जानेको कामदारको संख्या बढ्ने तथा रेमिट्यान्स आउने क्रम वृद्धि हुने देखिन्छ ।
खाडी मुलुकहरू र मलेसियाबाहेक विप्रेषण प्राप्त हुने मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरिया रहेका छन्। चालू आर्थिक वर्षका सो अवधिमा अमेरिकाबाट २५ अर्ब ४२ करोड रेमिट्यान्सआएको छ भने जापानबाट२२ अर्ब ८७ करोड नेपाल भित्रिएको छ। त्यसैगरी दक्षिण कोरियाबाट ६ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
तर, नेपाल भित्रिने विप्रेषणको औसत लागत विश्वको औषत लागतभन्दा कम रहेको अध्ययनले देखिएको छ । विश्वको औषत लागत ६.८४ प्रतिशत रहेको छ । नेपालमा आउने रेमिट्यान्सको लागत भने छिमेकी राष्ट्र भारत र बंगलादेशको तुलनामा केही वढी रहेको अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले प्रकाशित गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थिति तथ्यांकमा आधारमा ती दुई देशहरूमा भन्दा नेपालमा पैसा पठाउन धेरै खर्च लाग्ने देखिएको हो। यद्यपि नेपाल भित्रिने विप्रेषणको औसत लागत विश्वको औसत लागतभन्दा कम रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
सन् २०१९ को तेस्रो त्रैमासको तथ्यांकअनुसार प्रमुख श्रम गन्तव्य मुलुकहरूबाट नेपालमा एक पटकमा २०० र अमेरिकी डलर ५०० सम्मको रकम पठाउँदा लाग्ने खर्चअनुसार संयुक्त राज्य अमेरिकाबाट सबैभन्दा बढी र मलेसियाबाट सबैभन्दा कम लागत लाग्ने देखिएको छ।
अमेरिकाबाट २०० डलरभन्दा कम रकम पठाउँदा त्यसरी पठाइएको रकमको ५.४ प्रतिशत लागत लाग्ने देखिएकोमा मलेसियाबाट ३.४ प्रतिशत लागत लाग्ने देखिएको छ। यस्तै ५०० डलरसम्म रेमिट्यान्स पठाउँदा लाग्ने लागत भने पठाइएको रकमको अमेरिकामा ३.९० र मलेसियामा २.९० प्रतिशत रहेको देखिएको छ।नेपाली कामदारको प्रमुख गन्तव्य रहेका खाडी मुलुकबाट नेपालमा रकम पठाउन मलेसियाभन्दा बढी लागत लाग्ने देखिएको छ।
रेमिट्यान्सको शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको अध्ययनले देखाएको छ । विगत केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या घट्दै आएको छ । श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या आर्थिक वर्ष २०७०-७१ मा अधिकतम ५ लाख २७ हजार ८१४ जना पुगेको थियो भनेयो संख्या आर्थिक वर्ष २०७५-७६ मा २ लाख ४३ हजार ८६८ जाना रहेको छ ।
आर्थिक वर्ष २०७६-७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् । सो अवधिमा खाडी मुलुकहरूबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब ५०.३ प्रतिशत रहेको छ अध्ययनको निष्कर्ष रहेको छ । राष्ट्रिय र प्रादेशिक महत्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने संयन्त्र विकास गर्ने, औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह आकर्षित गर्न विप्रेषण पठाउदा लाग्ने लागतमा कमी ल्याउनेर वित्तीय पहुँच बिस्तार गर्ने लगायतका कार्यलेविप्रेषण रकमको उत्पादनशील उपयोग बढाउन सकिने सुझावसहितको निष्कर्ष अध्ययनको रहेको छ ।