कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६
449

राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव समारोह अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रबार सम्पन्न भएको छ । समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्तरका रूपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताउँदै उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने जनाए ।
समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको आर्थिक विकासमा रावा बैंकले खेलेको भूमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरूको तुलनामा अग्रणी रहेको बताएका थिए । बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धति र सेवाको गुणस्तरमा सुधारभएको बताए भने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाका बारेमा जानकारी गराए ।
उनले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताउनुभयो । बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैयाँ गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । ५५ वर्षअघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम, २८ स्थानमा एक्सटेन्सन काउन्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।