कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
376

सिद्घार्थ बैंकले काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपूर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउन्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रूपमा आयोजना गरेको छ ।
पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै जाने बैंकले जनाएको छ ।