कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
363

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश–५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका–५, मणिग्राममा आइतबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी उद्घाटन गरेको छ ।
योसँगै अब बैंकको शाखा संख्या १ सय १६ पुगेका छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रूपमा गरेका थिए । यसैगरी मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिका वासुदेव घिमिरेर बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रूपमा गरेका थिए ।